site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाइएको छलफलमा मन्त्री पाण्डेले बिक्री गरेको टिकटको मूल्य बिहीबार अपराह्न ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

“हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ । तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ,” मन्त्री पाण्डेले भने, “नागरिकमाथी प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्वको व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दु:खी भएको छु ।”

यसअघि, हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरेका थिए । तर, त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश पोखे ।

हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स)ले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए । नागरिकहरूले हवाईभाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको उनले बताए ।

मन्त्रालयका सचिव गणेश पाण्डेयले सम्झौताअनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे। उनले भने, “आफूले गरेको निर्णय आफैँ लागु गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागु नगरेको ? तपाईंहरूले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्मरि अभाव देखाएर कालोबजारी गरिरहेको बताए ।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro