site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार रकममा एकै दिन तीन अर्ब ३८ करोडले कमी आएको हो । आज सात अर्ब नौ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोसी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ वटाको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ३.३८ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro