site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५१.११ अंकले घटेको छ । नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो ।

मंगलबार दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ ।

यसदिन २२४ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्य बढ्दा एकको सेयर मूल्य स्थिर छ ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ८.९३ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको सूचक ३.१७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro