site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२२ खर्ब रुपैयाँबराबर विदेशी मुद्रा सञ्चिति
प्रतीकात्मक तस्बिर ।

काठामाडौं । सरकारसँग हाल २२ खर्ब ३२ अर्ब रुपैयाँबराबर विदेशी मुद्रा सञ्चिति छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।

गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बढेर असोज मसान्तमा २२ खर्ब ३२ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको अनुमान छ ।

असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९.१, १२१.९ र ३०.९ प्रतिशत रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro