site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौं । टोखा नगरपालिका–९, नयाँ बसपार्कस्थित विष्णुमती नदी करिडोरमा अवैध रूपमा सञ्चालित ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँ बसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमती नदी करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले विष्णुमती करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका निम्ति त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए ।

“सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ,” उनले भने ।

टोखा–४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा सार्वजनिक जग्गा संरक्षण समिति गठन गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको र त्यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ थियो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका निम्ति नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमती करिडोर आसपासमा निर्मित संरचना हटाएको थियो ।

नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro