site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिर्पट प्रहार गरी श्रीमान्‌को हत्या
प्रतीकात्मक तस्बिर ।

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२, विजयश्वरीमा ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेको आरोपमा ३२ वर्षीया दीपा कुमाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (आज) बिहान दीपाले चिर्पटले श्रीमान्‌को टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार, चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको सूचना छोरा १८ वर्षीय खिमकुमालले प्रहरीलाई दिएका थिए । सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको टोलीले आरोपित महिलालाई नियन्त्रणमा लिएको छ ।

शव परीक्षणका निम्ति जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घरायसी विवादका कारण श्रीमान्‌को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro