site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नयाँ दिल्लीमा वायु प्रदूषण गम्भीर श्रेणीमा, भोलिदेखि विद्यालय बन्द

काठमाडौं । भारतको नयाँ दिल्लीमा वायु प्रदूषण गम्भीर श्रेणीमा पुगेको छ । सोमबार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४९४ रेकर्ड गरिएको छ, जुन गम्भीर श्रेणीमा पर्छ ।

यसैगरी आइतबारको तुलनामा एक्यूआई ५३ अंकले बढी छ । वायु प्रदूषणलाई ध्यानमा राख्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले मंगलबारदेखि कक्षा १२ सम्मका विद्यालय बन्द गर्न निर्देशन दिएकी छन् । सबै कक्षाहरू अनलाइन सञ्चालन हुनेछन् ।

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनसम्म बाक्लो हुस्सुको सम्भावना रहेको जनाएको छ । यस्तो अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । कम भिजिबिलिटी र बाक्लो हुस्सुका कारण सोमबार दिनभर तापक्रम घटेको महाशाखाले जनाएको छ ।

अर्कोतर्फ, अशोक बिहार, बवाना, द्वारका सेक्टर ८ लगायत १२ क्षेत्रमा एक्यूआई ५०० रेकर्ड गरिएको छ ।

भारतीय सञ्चारमाध्यमबाट ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro