site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीकोटमा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–४, रारागाउँमा सोमबार (आज) बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय वीरेन्द्र चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

चौलागाईंले विद्युत्सम्बन्धी सामान्य काम गर्दै आएका थिए । मुचुल्का तयार गरेर शव परीक्षणका निम्ति जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro