site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली हवाई आक्रमण : ११ जनाको मृत्यु, ११ घाइते

काठमाडौं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । एनएनएका अनुसार पूर्वी बालबेक–हर्मेल गभर्नोरेटको खरेबेह गाउँको एक घरमा इजरायली आक्रमणमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । 

नबातिह नगरपालिकाका पाँच कर्मचारी पनि नगरपालिकाको गोदामलाई लक्षित गर्ने इजरायली आक्रमणमा मारिएका थिए । इजरायली युद्धक विमान र ड्रोनले दक्षिणी र पूर्वी लेबनानका गाउँ र सहरहरूमा करिब ९० वटा छापा मारेका थिए । 

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तीब्र पारेको छ । इजरायलले अक्टोबरको सुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही सुरु गरेको थियो । 

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा युद्ध सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४५२ पुगेको छ र घाइतेहरूको संख्या १४ हजार ६६४ पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro