site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा साइकलयात्रीको मृत्युपछि बसमा आगजनी

विराटनगर । सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । साइकलयात्रीको मृत्युपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

कोसी राजमार्गअन्तर्गत खनारको शान्तिचोकमा आइतबार बेलुका यात्रीवाहक बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएका साइकलयात्रीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालकले भगाएको उक्त बसलाई स्थानीयले खनारस्थित नहरको पुलमा भेट्टाएर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रूपमा जलेको बताइएको छ ।

घटनापछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खनारले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro