site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकले ग्राहकलाई नचाहिँदो दुःख दिएको सुनिन्छ, अनुगमन भइरहेको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको बताएका छन् ।

नेपाल बैंकको ८८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकले ग्राहकलाई गरेको व्यवहारको राष्ट्र बैंकले अनुगमन गर्ने प्रणाली विकास गरेको बताएका हुन् ।

“नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाइरहेको छ । उपभोक्ता संरक्षणसम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ,” अधिकारीले भने, “बैंकहरूले ग्राहकहरूलाई नचाहिँदो दुःख हुने किसिमको टर्चर दिएको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई  मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ ।”

कार्यक्रममा गभर्नर अधिकारीले नेपाल बैंकलाई राज्यले ठूलो मेहनत गरेर रिकभर गरेको बताए । उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जानबाट रोक्न राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन पनि आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro