site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
 
उनले सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पाएपछि अख्यितारले उनीमाथि निगरानी बढाएको थियो । अख्तियारकाे हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले कानुलाई सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि हुन आएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 
दायर गरिएको मुद्दामा उनीसँग ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro