site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा बाक्लो हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराईमा बिहान र राति बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro