site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेकी छन् । 

“उहाँको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु हो, जसले लोकतन्त्रको प्रवर्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ,” काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ । 

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनी लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा पनि सहभागी हुनेछिन् । 

“यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनुका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्नेछ,” अमेरिकी दूतावासले भनेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro