site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नारायणगढ–बुटवल सडकखण्डको रोकिएको काम मंसिरभित्र सुरु नगरे ठेक्का तोड्नुपर्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् । 

बालुवाटारमा बिहीबार सडकखण्डमा निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा ओलीले आउँदो मंसिरभित्र राेकिएकाे काम सुरू नभएमा ठेक्का तोड्नुको विकल्प नहुने बताए । 

विश्वसनीय रूपमा काम गरेमा भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने भनाइ उनको थियो । ठेक्का रद्द प्रक्रिया झन्झटिलो रहेको उनले बताए । काम गर्ने जिम्मा लिएर लामो समय आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने ओलीले बताए । 

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,” प्रधानमन्त्री ओलीले भने । 

नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । 

हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ । चार वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ५२ प्रतिशत काम भएको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro