site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा ९४ वर्षीया वृद्धाको शव फेला, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ ।

९४ वर्षीया विष्णुकुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो । विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बाह्रखरीलाई बताए ।

विष्णु आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन् । तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro