site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निजगढमा पनि तिलगंगा आँखा प्रतिष्ठानको सामुदायिक अस्पताल 

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले बाराको निजगढमा पनि सेवा सुरु गरेको छ । प्रतिष्ठान र फ्रेड हलोज फाउन्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ नगरपालिका–९, निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । 

अस्पतालको मंगलबार औपचारिक उद्घाटन गरिएको छ । करिब ३० करोडको लागतमा बनेको अस्पतालको वार्षिक ५५ हजार बिरामीलाई सेवा दिनसक्ने क्षमता रहेको प्रतिष्ठानले जनाएको छ । 

निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालबाट मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोप्याथी र अन्य आँखा रोगहरूको उपचार हुनेछ । 

२३ हजार फिट क्षेत्रमा फैलिएको निजगढ अस्पताल चारतले छ । जसमा लागि चार वेडसहित दुई शल्यक्रिया कक्ष, ओपिडी र आईपीेडी एउटा पोष्ट अपरेटिभ वार्ड, इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेका छन् ।

निजगढ क्षेत्रमा गुणस्तरीय आँखा अस्पताल सञ्चालन गर्ने सपना साकार भएको भन्दै प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रूइटले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

हाल नेपालमा करिब ९३ हजार ३०० जना दृष्टिविहीन छन् र करिब सात लाख ८२ हजार ७०० जनामा कुनै न कुनै प्रकारको दृष्टिसम्बन्धी समस्या छ । 

अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएकामध्ये झन्डै ६६.८ प्रतिशत व्यक्तिमा मोतीविन्दु नै कारण भएको तथ्यांक छ । 

प्रतिष्ठानका अनुसार अन्धोपनको भार मधेस प्रदेशमा देशकै दोस्रो उच्च छ । ८० प्रतिशत दृष्टि समस्याको अत्यन्तै कम लागतमा प्रभावकारी उपचार सम्भव छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro