site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा सम्बन्धविच्छेदपछि रिसाएका व्यक्तिले चलाएको कारमा किचिएर ३५ जनाको मृत्यु !

काठमाडौं । चीनको झुहाई सहरमा ६२ वर्षीय एक व्यक्तिले चलाएको कारमा किचिएर ३५ जनाको मृत्यु भएको छ । अन्य ४३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले फ्यान थर भएका आरोपितलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, फ्यान सम्बन्धविच्छेदपछि सम्पत्ति बाँडफाँटलाई लिएर श्रीमतीसँग रिसाएका थिए । उनी चक्कुसहित पक्राउ परेका छन् ।

उनको घाँटीमा चोटपटक लागेका निशानहरू देखिएका छन् । पक्राउ पर्दा बेहोस रहेका उनको अहिले उपचार भइरहेको छ । 

घटनासँग सम्बन्धित भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले घाइतेको उपचारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन् । उनले दोषीलाई कडा सजाय दिन पनि भनेका छन् ।

चीनमा मानिसमाथि आक्रमणका यस्ता घटना यसअघि पनि बाहिर आएका छन् । गत अक्टोबरमा राजधानी बेइजिङको एउटा विद्यालयमा एक व्यक्तिले आक्रमण गरेका थिए । जसमा पाँचजना घाइते भएका छन् । आक्रमणमा संलग्न ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

अल्जजिराबाट ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro