site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिजुली बक्यौताको बिल दिन नसके सरकारले प्राधिकरणका कर्मचारीलाई कारबाही गर्ने !

काठमाडौं । सरकारले बिजुली बक्यौताको बिल उपलब्ध गराउन नसके नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारबाही गर्ने भएको छ । मंगलबार प्राधिकरण बोर्ड बैठकपछि ऊर्जामन्त्री दीपक खड्काले उद्योगलाई बिल उपलब्ध गराउन नसके प्राधिकरणका कर्मचारीलाई कारबाही हुने बताए ।

"पन्ध्र दिनभित्र बक्यौता असुल गर्ने निर्णय भइसकेको छ । बिल दिन नसके कर्मचारीहरूलाई कारबाही हुन्छ," मन्त्री खड्काले बाह्रखरीसँग भने ।

मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ ।

यसअघि, गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro