site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देउरानीको हत्या आरोपमा जेठानी पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बैतडीमा हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । डिलासैनी गाउँपालिका–२, छेपट्टा डुङरीकी ३० वर्षीया दीपा बोहरालाई सोमबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीमाथि छेपट्टा डुङरीकै २३ वर्षीया सुनीता बोहराको हत्या गरेको आरोप छ । सुनीता र दीपा नातामा देउरानी–जेठानी रहेका प्रहरीले जनाएको छ ।

घरायसी विवादमा झै–झगडा हुँदा दीपाले दाउराको चिर्पट प्रहार गर्दा घटनास्थलमै सुनीताको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro