site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण गरिएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गरिने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएको उनको सचिवालयले जानकारी गराएको छ ।

नेपाली धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको भन्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका निम्ति सरकारले ध्यान दिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यो क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट पारे ।

उक्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro