site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शेख हसिनाको पार्टी कार्यक्रमको विरोध, प्रदर्शनकारीले घेरे पार्टी कार्यालय

काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आइतबार एक कार्यक्रम गर्ने तय भएको थियो । अवामी लिगले सन् १९९० मा मारिएका पार्टीका एक कार्यकर्ता नूर हुसैनको स्मृतिमा कार्यक्रमको आयोजना गर्न लागेको थियो । तर, कार्यक्रम सुरु हुनुअघि नै यसको विरोध सुरु भएको हो ।

प्रदर्शनकारीले ढाकास्थित अवामी लिगको मुख्यालय र जिरो प्वाइन्ट घेराबन्दी गरेका थिए । अवामी लिगले जिरो प्वाइन्टमा नूर हुसैनको स्मृतिमा कार्यक्रम आयोजना गरेको थियो ।

विद्यार्थी आन्दोलन, बंगलादेश नेसनलिस्ट पार्टी, जमात–ए–इस्लामी र अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले शनिबार मध्यरात नै सडकमा उत्रिएका थिए । शान्ति सुरक्षा कायम गर्न प्रशासनले देशका विभिन्न भागमा बंगलादेश सीमा सुरक्षा गार्ड तैनाथ गरेको छ ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले विरोधका सम्बन्धमा फेसबुकमा पोस्ट गरेका छन् । पोस्टमा उनले अवामी लिग फासीवादी पार्टी भएको लेखेका छन् । उनले 'फासीवादी पार्टी'लाई आन्दोलन गर्न नदिने बताएका छन् । उनले हसिनाको पार्टीको विरोधमा सामेल हुनेले सरकारी निकायहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

अवामी लिगले एक विज्ञप्तिमार्फत अधिनायकवादी शक्तिलाई जरैदेखि उखेल्न र प्रजातन्त्रको पुनर्स्थापनाका लागि विरोध जुलुस निकाल्ने जनाएको थियो ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना अगस्ट ५ मा देश छाडेर भारत आएकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् । हसिनाले देश छोडेपछि अवामी लिगको यो पहिलो कार्यक्रम हो, जसमा जनतालाई सडकमा आउन आग्रह गरिएको थियो ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro