site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकु समूहलाई पुनः संगठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा सहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । “अझै धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेबनानतर्फ विस्तार भएको देखिन्छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro