site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिने भन्दै ठगी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भई भक्तपुरमा बस्दै आएका ४३ वर्षीय गोकर्ण पराजुली छन् ।

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क बुझाइदिने भन्दै आठ लाख १७ हजार रुपैयाँ पठाउन लगाएर ठगी कार्यमा गोकर्ण संलग्न रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सोही कार्यालयको टोलीले गएको बुधबार उनलाई पक्राउ गरेको हो ।

ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro