site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुबई पठाइदिने भन्दै १९ लाख ठगी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा बस्दै आएका ३० वर्षीय सञ्जीव गुरुङ छन् ।

दुबई पठाइदिने भन्दै तीनजनाबाट नगद १९ लाख ७० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । गुरुङलाई शुक्रबार (हिजो) मनमैजुबाटै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro