site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारी वर्षापछि जापानमा आपत्कालीन चेतावनी जारी

टोकियो । जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपत्कालीन चेतावनी जारी गरेको छ । जसमा बाढीपहिरोलगायत जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आह्वान गरिएको छ ।

विभाग अनुसार, प्रतिकूल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो ।

योरोनमा २४ घण्टामा ५९४ मिलिमिटर वर्षा भएको छ । त्यो सन् १९७८ मा डाटा संकलन सुरु भएदेखिको सबैभन्दा बढी हो ।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् ।

यस क्षेत्रका बासिन्दालाई सम्भावित बाढीपहिरो र नदीको बढ्दो स्तरका निम्ति सतर्क रहन सूचित गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro