site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘नेपाललाई जलवायुको मुद्दामा न्याय दिन विश्व समुदाय सकारात्मक’

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायुको मुद्दामा न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् । 

इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भइ शनिबार स्वदेश फर्किएका सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराइएको बताए । उनले जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको जानकारी दिए । 

यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए । 

सिंहले यूएन ह्याबिटेट आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा यूएन ह्याबिटेटका नयाँ कार्यक्रम नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro