site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथरमा ट्रक दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

पाँचथर । पाँचथरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६, ढकाल गाउँमा आज दिउँसो ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा जिल्लाको हिलिहाङ–३ का ५७ वर्षीय भवानीशंकर पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रक धनी झापाको बिर्तामोड नगरपालिका–१, चारपानेका राजकुमार बस्नेत घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि झापा पठाइएको छ ।

ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीले जानकारी दिए । ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro