site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका गुरुङ र भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको छ ।

मितेरी सहकारीको तीन करोड ४४ लाख भण्डारी र ६ करोडभन्दा बढी गुरुङले अपचलन गरेको खुलेपछि उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको थियो । तर, नेपालमा नरहेको खुलेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीको अन्तर्राष्ट्रिय अपराध संठगन इन्टरपोलले रेड नोटिस जारी गरेको हो ।

कार्तिक १३ गते उनीहरू दुवैजनाविरुद्ध रेड नोटिस जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro