site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओखलढुंगामा जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । ओखलढुंगा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडास्थित फ्रेन्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

वर्कसपका सञ्चालक सुनकोसी गाउँपालिका–९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारसहित ६ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७०० रुपैयाँ, सात थान मोबाइल र एक बुक ताससहित पक्राउ गरेको हो ।  

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro