site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सबैभन्दा धेरै शिक्षा विधेयकमा छलफल, तर पनि लागेन टुंगो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एक वर्षमा सबैभन्दा धेरै विद्यालय शिक्षा विधेयकमाथि छलफल भएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ मा ७४ वटा बैठक बसेका थिए । ०८० जेठयता २०८१ असोजसम्म भने समितिका ८९ वटा बैठक बसेका छन् । 

सबैभन्दा धेरै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका विषयमा ३३ वटा बैठक बसेका छन् । सो क्रममा सबैभन्दा धेरै १७ वटा बैठक विद्यालय शिक्षा विधेयकमा छलफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चौरहत्तरमध्ये १९ वटा बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा भएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयअन्तर्गतका विषयमा पाँच, युवा तथा खेलकुद मन्त्रालयका विषयमा दुई, त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सम्बन्धमा दुई र समितिको आन्तरिक छलफलमा १२ वटा बैठक बसेका छन् ।

बैठकबाट सुरक्षण मुद्रण विधेयक पारित भएको छ । नेपाल विश्वविद्यालयसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक दफावार छलफलको क्रममा छन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा विज्ञसहितको छलफल सकेर संशोधनकर्तासँगको छलफल जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro