site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमान्‌द्वारा श्रीमतीको हत्या

दमौली । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । 

बन्चरो प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।  

हत्या अभियुक्त ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro