site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा हिन्दुहरूमाथि 'आक्रमण', भारतले गर्‍यो निन्दा

काठमाडौं । भारतले बंगलादेशको चटगाउँमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशलाई हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्न र चरमपन्थीहरूविरुद्ध कारबाही गर्न आग्रह गरिएको बताए ।

पछिल्लोपटक सामाजिक सञ्जालमा चटगाउँको इस्कोन मन्दिर र सनातन धर्मलाई लिएर विवादास्पद टिप्पणी आएपछि बंगलादेशका हिन्दुहरू आक्रोशित भएका छन् ।

यसैको विरोधमा मंगलबार हजारौँ हिन्दु समुदायले प्रदर्शन गरेका थिए । हिन्दु संगठन सडकमा उत्रिएपछि सेनाले आन्दोलनकारीमाथि लाठीचार्ज गरेको थियो ।

 

अर्कोतर्फ, चटगाउँ प्रहरीका अतिरिक्त उपायुक्त काजी तारेक अजिजले विवादास्पद पोस्ट सेयर गर्ने व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् ।

अगस्टदेखि बंगलादेशमा हिन्दुहरूमाथि आक्रमणका २५० भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro