site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विजयको औपचारिक घोषणा नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन् ।

उनले भनेका छन्, “मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक निर्वाचन जितेकोमा हार्दिक बधाई ।”

“तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने गरी हाम्रा सहयोगलाई अगाडि बढाउन उत्सुक छु,” मोदीले लेखेका छन्, “आउनोस् हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र स्थिरता तथा समृद्धिको लागि मिलेर काम गरौँ ।” 

रिपब्लिकन पार्टीका राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरेका छन् । उनको जितको औपचारिक घोषणा भने भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro