site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्पले विजय घोषणा गरे, भने– अमेरिकाले शक्तिशाली बहुमत दिएको छ

काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छन् । 

उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौँ,” ट्रम्पले भने ।

सम्बोधनका क्रममा ट्रम्पले अबका वर्षहरू अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन् । उनले भने, “यो अमेरिकी जनताको लागि ठूलो जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउने छ ।”

ट्रम्पको चुनावी अभियानको नारा ‘मेक अमेरिका ट्रम्प अगेन’ रहेको छ । सम्बोधनका क्रममा ट्रम्पले राष्ट्रपतिमा आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro