site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति निर्वाचन : स्विङ राज्यमा ट्रम्प र ह्यारिसमध्ये को बलियो ?

काठमाडौं । अमेरिकाका सात स्विङ राज्यमध्ये दुई वटामा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । ती दुई स्विङ राज्य हुन्– नर्थ क्यारोलिना र जर्जिया । 

अमेरिकी राष्ट्रपतिको लागि भएको मतदानको मतगणना जारी छ । अधिकांश स्विङ राज्यमा ट्रम्प अगाडि छन् । 

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्प झिनो मतान्तरले मात्र जर्जियामा पराजित भएका थिए । यसपटक भने ट्रम्पले जितेका छन् । 

ट्रम्पले स्विङ राज्य पेन्सिलभेनियामा पनि जित्न सक्ने सम्भावना बढी रहेको छ । योसँगै एरिजोना र विस्कन्सिन राज्यमा पनि ट्रम्प आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसभन्दा अगाडि छन् । यी दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।

मिशिगनमा कमला ह्यारिस ट्रम्पभन्दा अगाडि छिन् । यहाँ हालसम्म ३२ प्रतिशत मात्र मतगणना सकिएको छ । 

अमेरिकामा केही राज्यलाई रिपब्लिकन पार्टीको गढ मानिन्छ भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । तर, केही राज्यहरू छन् जहाँ जित वा हार भविष्यवाणी गर्न गाह्रो छ । तीनलाई स्विङ राज्य भनिन्छ ।

यसपटक पनि सातवटा स्विङ राज्यले निर्वाचन कस्ले जित्ने भन्ने निर्णय गर्नेछन् । यी स्विङ राज्यहरूको नाम एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन हुन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro