site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति चुनावः महिला र पुरुष मतदाताले कसले कसलाई समर्थन गरे ?

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न भएपछि  अहिले मतगणना भइरहेको छ । 

राष्ट्रपति निर्वाचनमा अधिकांश महिला र पुरुषले कसलाई समर्थन गरिरहेका छन् भन्ने एक्जिट पोलको तथ्यांकमा देखिएको छ । अधिकांश महिला डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसको समर्थनमा देखिएका छन् । पुरुषहरू रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका छन् । 

कमला ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्यांकले देखाएको छ । जहाँ २०२० मा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए ।

एक्जिट पोलबाट निर्वाचनको नतिजाहरूको अनुमान मात्र गर्न सकिन्छ । यी वास्तविक परिणाम भने होइनन् ।

तर, पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको तथ्यांकले देखाएको छ । जुन ह्यारिसको पार्टीका लागि चिन्ताको विषय हो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro