site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिप्रदी ट्रेडिङद्वारा १० वटा बस हस्तान्तरण, लुम्बिनी–दिल्ली रुटमा चल्ने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ । रूपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस ६ माग्न्वा बस त्रिशक्ति पशुपति दर्शन यातायातलाई हस्तान्तरण गरेको हो ।

त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस व्यवसायी र भेरी यातायातजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा छ । 

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ । 

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जानकारी दिए । 

कम्पनीका अनुसार, यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन् । जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।

“अत्याधुनिक माग्नार गाडीहरूले पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ । साथै, अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्ने छ,” सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro