site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा जबरजस्ती करणी मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । फरारहरूको खोजी तथा पक्राउ अभियानअन्तर्गत मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

०७३ असार २८ गते अदालतको फैसलाले ११ वर्ष कैद सजाय तोकिएको जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ लाटीझोडाका ३४ वर्षीय (रामे तामाङ लामा) भनिने कुलबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

यस्तै, ०७६ मंसिर २८ गतेदेखि सामूहिक जबरजस्ती करणी मुद्दामा फरार मोरङ जहदा गाँउपालिका वडा नम्बर ५ का अन्दाजी २७ वर्षीय मानु टुडुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी मंगलबार नै जिल्ला अदालतमा पेस गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro