site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन महिनामा ९ प्रतिशत मात्र बजेट खर्च गर्‍यो शिक्षा मन्त्रालयले  

काठमाडौं । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खर्च भने न्यून गरेको पाइएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकमा मन्त्रालयले कुल बजेटबाट ९.१६ प्रतिशत मात्र खर्च गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको पहिलो त्रैमासिकको प्रतिवेदनमा चालुतर्फ उक्त मात्रामा बजेट खर्च भएको उल्लेख छ । मन्त्रालयले पहिलो त्रैमासिकका निम्ति विनियोजन गरेको चालु खर्चबाट २९.७१ प्रतिशत खर्च गरेको हो । पुँजीगततर्फ भने खर्च शून्य छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई चालु आर्थिक वर्षमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro