site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : चारजनाको मृत्यु, १५ घाइते

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शुक्रबार भएको बम विस्फोटमा परी तीन विद्यालयका बालबालिका र एक प्रहरीसहित चारजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

यो घटना प्रान्तको मस्तुङ जिल्लामा भएको हो । जहाँ प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । प्रहरी र विद्यालयका बालबालिका समेत घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

आक्रमणबाट प्रहरीको गाडी र स्कुल भ्यानलगायत धेरै सवारीसाधनमा क्षति पुगेको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro