site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
फाइल तस्बिर ।

काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ ।

यही कात्तिक ११ गते अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ ।

“नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौंबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ । ‘एप्रुभल सेड्युल’ अनुसार काठमाडौं र भैरहवासँगै उडान गर्नुपर्नेछ,” उनले भने ।

थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिए ।

बिनाअनुमति थाइल्याण्डबाट काठमाडौं आएको थाई एयर एसियाको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौं विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो ।

थाइ एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro