site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्पेनमा राष्ट्रिय शोकको घोषणा

काठमाडौं । भ्यालेन्सियाको पूर्वी क्षेत्र र अल्बासेटे र कुएन्काका छिमेकी प्रान्तहरूमा विनाशकारी फ्ल्यास बाढीबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । स्पेन सरकारले बुधबार तीन दिने शोकको घोषणा गरेको छ । 

भारी वर्षाका कारण भ्यालेन्सियाका भाग, अल्बासेटे र कुएन्का प्रान्तहरू मंगलबार राति र बुधबार बिहान डुबानमा परेका थिए । 

सेप्टेम्बर १९६६ पछिको सबैभन्दा भारी वर्षा भएको बताइएको छ । धेरै कारहरू बगाएको छ भने । मगरो नदीको पुल डुबेको समाचारमा उल्लेख छ । स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया युनाइटेड (यूएमई)का एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro