site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तिहार बिदाअघिको कारोबार दिन सेयर बजार १४ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.४३ अंक घटेर बन्द भएको छ । तिहारअघिको अन्तिम कारोबार दिन बजार ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको हो ।

भोलि (बिहीबार)देखि यही कात्तिक १९ गतेसम्म सेयर बजार तिहार बिदा छ । अब बजार एकैपटक कात्तिक २० गते मंगलबार खुल्नेछ ।

यस दिन कारोबार रकममा भने कमी आएको छ । आज पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । गुरास लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह र व्यापार समूहको बढेको छ ।

होटेल तथा पर्यटन समूह २.५२ प्रतिशत, निर्जीवन बिमा समूह ०.४९ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro