site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिहारमा कस्तो हुनेछ मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको तिहारमा केही स्थानमा वर्षा र बदली हुने भएको छ । केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको हो ।

“तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा ( १७ गते) र द्वितीया (१८ गते) कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ, “थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।” 

बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने विभागको भनाइ छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ । 

उच्च पहाडी र हिमाली भू–भागका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro