site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोल्टी होटेलले ३६.८४ प्रतिशत लाभांश दिने, मंसिर १२ गतेसम्म सेयर किन्नेले पाउने 

काठमाडौं । सोल्टी होटेल लिमिटेडले सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालन समिति बैठकले असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा २६.८४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न मंसिर १२ गतेसम्म सेयरधनी भइसक्नुपर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गरेको छ । २२ दिनसम्म कम्पनीको बुक क्लोज हुने भएकाले १२ गतेसम्म सेयर किन्नेले लाभांश प्राप्त गर्नेछन् । 

प्रस्तावित लाभांश स्वीकृत गर्न कम्पनीले पुस ४ गते साधारणसभा गर्ने भएको छ । उक्त सभामार्फत् प्रस्तावित लाभांश पारित भएपछि सेयरधनीले पाउनेछन् ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro