site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल फाउन्डेसनद्वारा बाढीपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परेर प्रभावित भएका वाग्मती नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सहयोग प्रदान गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले उक्त क्षेत्रका विद्यार्थीले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामग्री गुमाएका थिए ।

सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसै अनुरुप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारलाई राहत वितरण गरेको छ ।

फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले बताइन् । “यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्यपालना गर्न प्रतिबद्ध छौँ,” उनले भनिन् । 

एनसेल फाउन्डेसनका यी पहलहरुले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ । वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाइजिन किट, ब्याल्ङ्केटलगायत सामान रहेका थिए ।

फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीसहित प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री वितरण गरेको हो ।

एनसेलले सीएसआर परियोजनाहरु सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गतमहिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो । कम्पनीले सीएसआरअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा २ अर्बभन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro