site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४६.६९ अंक बढेर नेप्से २६९२ विन्दुमा, कारोबार रकम पनि बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.६९ अंक बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १.७६ प्रतिशत बढेर २६९२.०५ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सोमबार पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । आज परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ३.६० प्रतिशतले वृद्धि भएको छ ।

यस दिन २२१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro