site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरको खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको बस आज (मंगलबार) खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । 

नगरपालिका कार्यालयसँगैको घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । दुर्घटनामा विद्युत्को खम्बा समेत भाँचिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro