site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४, बसपार्कस्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । 

दैलेखको आठबीस नगरपालिका–८ बस्ने २८ वर्षीय मानबहादुर सिजापतीको हाम्रो कर्णाली होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ४४ वर्षीय भीमबहादुर बम समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार १४० नेपाली रूपैयाँ, आठ हजार ६ सय भारतीय रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro